नेपाल सरकारका जिल्ला स्थित कार्यालयहरुलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउने र विनियोजन, राजश्व तथा धरौटीको एकिकृत विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने लगायतका कार्य सम्पादन गर्नका लागि वि.सं.२०३८ सालमा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रुपमा कोष तथा लेखा नियन्त्रक कार्यालय, संखुवासभाको स्थापना भएको हो।
कोष तथा लेखा नियन्त्रक कार्यालय, संखुवासभा महालेखा नियन्त्रक कार्यालय अन्तर्गत रही जिल्लाभित्रका संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयहरूको आर्थिक प्रशासन, लेखा व्यवस्थापन, कोष सञ्चालन र वित्तीय नियन्त्रण सम्बन्धी कार्यहरू गर्ने कार्यालय हो।
यस कार्यालयले प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, नियमावली तथा महालेखा नियन्त्रक कार्यालयबाट जारी नीति-निर्देशन बमोजिम सरकारी बजेटको भुक्तानी,लेखाङ्कन,प्रतिवेदन,अनुगम तथा आन्तरिक लेखापरीक्षणलगायतका कार्य गर्दछ।